सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

मंसिर २१ काठमाण्डौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । उनले भने, “गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।