पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०८१ मा प्रकाशित




मंसिर २१ काठमाण्डौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो ।

गत असोजमा भक्तपुरमा सम्पन्न जिल्ला शाखा, प्रतिष्ठान अध्यक्षहरुको भेलाले यसअघि शाखाको सिफारिसमा प्रदेश समितिले टुङ्ग्याएको सदस्यताकै आधारमा निर्वाचन कार्यक्रम अघि बढाउन गरेको निर्णय अनुसार आज उम्मेद्वारी दर्ता भएको हो ।

विभिन्न पदमा उम्मेद्वारी दिनेको सूची आजै सार्वजनिक गर्ने गरी अहिले निर्वाचन समितिले तयारी गरिरहेको महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीले जानकारी दिए । महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने कार्यक्रम छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।