मंसिर ३० पोखरा । उपकार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सूर्यनाथ पहारी चयन भएका छन् । पोखराको छैठौ अधिवेशनले अध्यक्षमा पुन पाहारीलाई निर्विरोध चयन गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले संस्थाको उपाध्यक्षमा सुन्दरराज पहारी, सचिवमा कृष्ण कुमारी पौडेल, कोषाध्यक्षमा बैकुण्ठ ढुङ्गाना चयन भएका छन् । यस्तै संस्थाको सदस्यहरुमा राम खाण, कृष्ण प्रसाद बास्ताकोटी, भगिरथी क्षेत्री, हरि प्रसाद पहारी र रश्मिता बराल छन् । अधिवेशनले लेखा समिति संयोजकमा अर्मत भुजेल सदस्यहरु हेरम्व राज अधिकारी र हेमराज चालिसेलाई जिम्मेवारी दिएको छ ।
यस्तै ऋण उपसमितिमा धनपति पौडेल र लक्ष्मी सुबेदी, शिक्षा उपसमितिमा हरिराज कोइराला र सिर्जना शर्मा चयन भएको निर्वाचन समिति संयोजक तथा अधिवक्ता मदन प्रसाद तिवारीले जानकारी दिए ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराइले सहकारी संस्थाहरु नियम र कानुन अनुसार सञ्चालन हुनुपर्ने बताए । विषम परिस्थितिमा पनि संस्थाले आफ्ना शेयर सदस्यहरु प्रति गरेको सहयोगको प्रशंसा गरे । उनले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष सूर्यनाथ पहारीले सहकारी प्रति जनमानसमा परेको नकरात्मक सोच र सहकारीको बिसंगती विरुद्ध लडनका लागि संचालक समिति मात्र सक्षम भएर नहुने बताउदै कर्मचारीहरुको नियत सफा हुनु पर्ने बताए । पहारीले शेयर सदस्यहरुको हकहितलाई मध्यनजर गर्दै आगामी दिनमा नयाँ कार्य योजना अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे । सचिव सुन्दरराज पहारीले सहकारीलाइ पोखराकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लागि परेको बताउदै, सवैको साथ सहयोग को आवश्यकता रहेको बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दुर्गादेवी पहारी, सल्लाहकार फत्त बहादुर थापा र शेयर सदस्य तुलसी दाहाल र सदस्य लक्ष्मी सुबेदी लगायतले सहकारी संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
सभाले संस्थाका सचिव सुन्दराज पहारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बैकुण्ठ ढुङ्गानाले ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । विसं २०६५ मा स्थापना भएको सहकारीमा ३ सय ६५जना शेयर सदस्य छन । संस्थाको शेयर पूँजी शेयर ९ करोड ३४ लाख ५३ हजार ३ सय र निक्षेप संकलन २९ करोड ९३ लाख ३९ हजार ५१ रुपैयाँ रहेको संस्थाले २९ करोड २९ लाख ५२ हजार ४ सय ७९ रुपैया कर्जा लगानी गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।