पोखरा महोत्सवको स्टल बुकिङ खुल्ला


     एभरेस्ट आवाज    
     मंसिर ३० गते २०८१ मा प्रकाशित




पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।

युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको हो ।

महोत्सव सम्पन्न गर्न आयोजित विभिन्न उपसमिति संयोजक तथा महोत्सव सल्लाहकारहरुको बैठकको निर्णय अनुसार महोत्सव आयोजक युनाईटेड क्लबले महोत्सवको स्टल पुष १ गते दिनको दुई बजे देखि स्टल बुकिङ खुल्ला गरिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा विशेष गरी पर्यटन, कृषि, अटो लगायतका स्टलहरु लाई विशेष छुट प्रदान गरिने महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

स्टल बुकिङका लागि युनाईटेड क्लबको कार्यालय शान्तिपथ पोखरा १० अमरसिंहमा सम्पर्क गर्नुपर्ने महोत्सव सचिवालय उपसमिति संयोजक सुक बहादुर गुरुङले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।