मंसिर ३० काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बृद्धि गरेको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको हो ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजेलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ ।
निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







