पोखरामा घन्किदै बर्तिका एम राई र युगल गुरुङ


     एभरेस्ट आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित




पुस ५ पोखरा । पोखरामा चर्चित गायक गायिकाको लाइभ कन्सर्ट हुने भएको छ ।

पोखराको लेकसाइडस्थित प्याराडिसोमा शनिबार साँझ बर्तिका एम राई र युगल गुरुङले लाइभ कन्सर्ट हुन लागेको हो । सो कन्र्सटमा बर्तिका एम राई र युगल गुरुङ छुटाछुट्टै प्रस्तुती दिने छन् ।

गायक युगलले ‘यो पर्खाइ’, ‘आफ्नो संसार’, कोठा, ‘सहारा’, ‘लुकामारी’, ‘कहाँ छौ’, ‘कुरा’ लगायत गीत गाउने छन् भने गायिका बर्तिकाले ‘तिमी र म’, ‘नजिक’, ‘उमेर’, ‘बाँकी’, ‘खुसी’, ‘घर’, ‘सम्झना खै’ लगायत गीत गाएर मनोरञ्जन दिने छिन् । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् । उनीहरु श्रीमान् – श्रीमती हुन् ।

बर्तिकालाई नेपाली संगीतमा दैनिकीहरुको सरल रुपमा प्रस्तुत गर्ने गर्दछिन् । उनले गीत लेख्ने, संगीत सिर्जना गर्ने र गाउँने काम गछिन् । उनीहरु दुबैका गित चर्चित रहेको र नयाँ पिडिमा उनीहरु प्रख्यात रहेको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए ।

उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । प्याराडिसोमा दैनिक लाइभ म्युजीक, खेलकुदको लाइभ ठुलो एलइडिमा देखाउदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।