पुस ६ पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा स्थित गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीले सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने गरि माछा पालनलाई अगाडी वढाउने भएको छ ।
सहकारीको शनिबार सम्पन्न पाचौं वार्षिक साधारण सभाका बक्ताहरुले वडा भित्र रहेका तीन वटा तालको उचित रुपमा संरक्षण गर्दै यस क्षेत्रको पर्यटन विकास संगसंगै आय आर्जनका लागि स्थानिय निकाय र समुदायको सहकार्यमा माछा पालनलाई अगाडी बढाउन पर्ने सुझाव राखेका हुन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले विगतका दिनमा जे जस्ता समस्य आए पनि अवका दिनमा निती र नियमको परिधीमा रहेर तालको संरक्षण देखि यसको उपयोगमा सहकारी र वडा बिच आपसि समन्वयको आबस्यता रहेको बताएका थिए ।
सो अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले माछा पालनलाई ब्यवसायि वनाएर कास्कीलाई पुग्ने माछा यहाँ रहेका तालवाट उत्पादन गर्न सकिने सुझाव राखेका थिए भने जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छविलाल लामिछानेले ठाँउ विशेषलाई मध्यनजर राख्दै एक सहकारी एक उत्पादनमा तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा खाष्टे मत्स्य कृषि सहकारी सस्थाका अध्यक्ष हरि प्रसाद अधिकारी,गुँदेताल मत्स्य विकास संरक्षण समितिका अध्यक्ष सुर्यनाथ भण्डारी र सेयर सदस्यहरुको तर्फबाट दिपक भण्डारी लगाएतले स्थानिय निकाय र यहाँ रहेका सामाजिक संघ सस्थाका विच सहकार्य हुन सके जुन सुकै विकास निर्माणका कामले पनि सार्थकता पाउने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष वामदेव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यसमिति सदस्य सरस्वती ढुंगानाले र सञ्चालन सचिव वद्रिनाथ ढुंगानाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







