पोखरा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सराङ्गकोट धार्मिक पर्यटन क्षेत्रको निरीक्षण सहित शिव मन्दिरमा विशेष पूजा गरेकी छन् ।
निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको हितलाई महत्वमा राखी धार्मिक पर्यटन क्षेत्रको विकास गर्न सके पर्यटन क्षेत्रको विकास हुने बताइन् । आफनो भ्रमण राजनितिक रुपमा नभई नेपालको पर्यटन, धार्मिक क्षेत्रको अवलोकन मात्र भएकोले सबैले साझा रुपमा बुझी, सदभाव कायम गर्न आफु प्रतिबद्ध रहेको बताइन् ।
अवलोकनको अवसरमा समितिका संरक्षक भागवत भाष्कर पण्डित कमल नयन गौतमले धार्मिक क्षेत्रको विकास संरक्षणले नै नेपालको परिचय विश्वमाझ गराउन सक्ने बताए ।
विश्व माझ धार्मिक एंव पर्यटन क्षेत्रको रुपमा परिचित सराङ्गकोटलाई बृहत क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले १८ वर्ष अघिदेखि निर्माण शुरु गरिएको विशाल शिव मन्दिर, पञ्चमुखी गणेश मन्दिर, भूमिकालिका भैरव, १०८ शिवमूर्ति, भ्यू टावरको निर्माण गरीएको समितिको अध्यक्ष प्रेम बहादुर जि.सि.ले बताए ।
करिब ३५ करोड लगानी भएकोे निर्माणाधिन विशाल शिव मन्दिर, पञ्चमुखी गणेश भूमी, यज्ञशालि, भूमिकालिका भ्यूटावरको उद्धघाटन सहित साताव्यापी यज्ञ यहि फागुन १४ गतेदेखि २१ गते सम्म गर्न लागेको उनले बताए ।
सो अवसरमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश के.सी., पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङ्ग, वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशसभाका पूर्व उपसभामुख सृजना शर्मा लगायतले निरीक्षण सहित सो क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







