सांसदहरुले सुपारीखेती प्रवद्र्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन । आज राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनीहरुले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिएका हुन।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजस्वले गुट्काबाट रु १० अर्बको राजस्व सङ्कलन भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउनसक्ने धारणा राखे । “चालु आर्थिक वर्षमा पनि सुपारी प्रशोधनका लागि झापामा रु तीन करोड बजेट विनियोजन गरेका छौँ । अहिले सुपारी तेस्रो मुलुकबाट आयात भइरहेको छ,” उनले भने, “नेपालमा उत्पादित सुपारीलाई आन्तरिक खपत बढाउनुपर्छ भनेका छौँ ” ।
केराउ र मरिच आयात अनुमति नदिए पनि आयात आइरहेको उनले दाबी गरे । “मरिच र केराउ हामी सबैको भान्सामा प्रयोग हुन्छ तर वैधानिक बाटोबाट आइरहेको छैन,” मन्त्री भण्डारीले भने, “अव स्वदेशमा नै यी खाद्य वस्तुको उत्पादन बढाउन सकिन्छ ।”
समिति सभापति कमला पन्तले आफ्नो उत्पादन आफैँले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुर्नेमा जोड दिए । “किसानले उत्पादन गरेका वस्तुको सहज बजारीकरण गर्नुपर्छ । आन्तरिक खपत भए त्यसैमा प्रवद्र्धन गर्नुपर्छ,” उनले भने ।
सांसद बामदेव गौतमले चोरी निकासी रोक्नका लागि नेपालले खुला सिमाना बन्द गर्नुपर्ने र भिसा प्रस्ताव गर्नुपर्ने बताउनुभएको छ । सांसद उर्मिला अर्यालले पनि सुपारी निकासा हुनुपर्नेमा जोड दिए । सांसद विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक–पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सुपारीको डिएन परीक्षणका लागि ल्याव स्थापना गर्न आवश्यक रहेको बताए । उनले सुपारी निर्यातबाट मुलुकको राजस्व बढाउन सकिने धारणा राखे ।
सांसद भवनबहादुर सुनुवारले कृषि र उद्योग मन्त्रालयको समन्वयमा सुपारी निर्यातको सम्भावना पहिल्याउन आवश्यक रहेको बताउनुभएको छ । सांसद डा अञ्जान शाक्यले सुपारीको डिएनए टेष्ट गर्न सकिने भन्दै कहिले गर्ने भन्ने समय तोक्नुपर्ने बताए । “नेपालको उत्पादनलाई जोड दिने हो भने १५ जिल्लामा सुपारी उत्पादनको सम्भावना छ । गणस्तर उत्पादन बढाउन सकेमा निर्यात सम्भावना छ”, उनले भने ।
सांसद झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रुपमा छलफल आवश्यक भएको बताए । “एउटै विषयमा छलफल धेरै भयो । पटक–पटक छलफल गरिरहनुभन्दा गहन रुपमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्छ,” उनले भने, “डिएनए परीक्षण नगरिकन सुपारी निकासा मिल्दैन भने सो अनुसार निर्णय टुङ्गोमा पु¥याउनुपर्छ ।”
सांसद सावित्री मल्लले सुपारी उत्पादन चारवटा जिल्लामा मात्रै हुने गरेको उल्लेख गर्र्दै अन्य १० जिल्लामा सुपारी उत्पादनलाई प्रथामिकता दिन आवश्यक भएको बताएका छन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डिएन टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताएका छन । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





