
पोखरा, पुस ९
पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्था लि.को बचत रकम अपचलन गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर–८ आलुमाइलाचोक बस्ने २७ वर्षिय नवीन भण्डारी पक्राउ परेका छन् । स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर–३ स्थायी घर भएका उनलाई पोखराको पृथ्वीचोकबाट कास्की प्रहरीले पक्राउ गरेको हो । उनी बलिदानी सहकारीका ऋण उपसमिति सदस्य तथा लोन अधिकृतका रुपमा कार्यरत थिए ।
पक्राउ परेका भण्डारीले सहकारीको बचत रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियम विपरित हिनामिना एवम् अपचलन गरी ठगी गरेकाले पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार भण्डारी केहि समय अघिदेखि फरार थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।