बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग


     एभरेस्ट आवाज    
     माघ २ गते २०८१ मा प्रकाशित




माघ २ काठमाण्डौं । सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही महिनाअघिको बाढी तथा आगलागीबाट प्रभावित भएकाहरुको सहयोगार्थ रु एक करोड ४१ लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यहाँस्थित जर्मनीको राजदूतावासमा आज नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र हार्ट वल्र्डवाइड नामक स्वास्थ्य सेवा प्रदायक संस्थाका सह प्रमुख सूर्य भट्टले अनुदान सहायता रकम प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अनुदान सहायता रकमबाट हार्ट वल्र्डवाइडले जिल्लाका बाढी तथा अग्नि पीढितका साथै महिला, सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य तथा सरसफाइ सामाग्री, भाँडावर्तन न्याना सामान प्रदान गर्ने दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।