पोखरा,
पोखरा महानगरपालिकाले कक्षा ८ को परीक्षा एसईई मोडलमा लिने भएको छ । यसअघि नै सो मोडलमा परीक्षा लिने निर्णय गरेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले त्यसका लागि ३७ वटा परीक्षा केन्द्रहरु तोकेको छ ।
विद्यालयका परीक्षार्थीहरुलाई सहज हुने तरीकाले परीक्षा केन्द्र तोकिएको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
महानगरले पोखरा–३२ मा गोगन मावि गगनगौडा र ब्रह्मरुपा मावि राजाको चौतारा, जनप्रकाश मावि पोखरा–२९ भण्डारढीक, लक्ष्मी आदर्श मावि पोखरा–२७ अर्घौं, पोखरा–२६ अर्घौंको लक्ष्मी मावि, पोखरा–२६ को भवानी कालिका मावि घारीपाटन, पोखरा–१५ फलेपाटनस्थित सिद्ध मावि, पोखरा–१२ रामघाटस्थित अमरसिंह मावि र पोखरा–१० कालिका मावि रामबजारमा केन्द्र तोकेको छ ।
त्यस्तै, महानगरले पोखरा–११ फुलबारीस्थित शिवशक्ति मावि, पोखरा–१२ शितलादेवीस्थित शितलादेवी सामुदायिक मावि, पोखरा–१७ पार्दीस्थित पार्दी मावि, पोखरा–१३ कुँडहरस्थित भद्रकाली मावि, पोखरा–१७ छोरेपाटनस्थित छोरेपाटन मावि, पोखरा–६ बैदामस्थत तालवराही मावि, पोखरा–८ सिमलचौरस्थित जनप्रिय मावि, पोखरा–५ मालेपाटनस्थित वाराही मावि, पोखरा–९ नयाबजारस्थित नव प्रभात मावि र महेन्द्र मावि, पोखरा–४ गैह्रापाटनस्थित नवीन मावि, पोखरा–३ नदीपुरस्थित कन्या मावि, पोखरा–२ वरपाटनस्थित विन्ध्यबासिनी मावि, पोखरा–१ बगरस्थित राष्ट्रिय मावि र पोखरा–२५ हेमजास्थित गौरीशंकर माविलाई परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी, महानगरले पोखरा–१६ लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी मावि, पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यबासिनी मावि, पोखरा–३ नदीपुरस्थित बाल मन्दिर मावि, पोखरा–७ मासवारस्थित श्रीकृष्ण मावि, पोखरा–१४ छिनेडाँडास्थित शुक्रराज बलभद्र मावि, पोखरा–१७ महतगौंडास्थित जानकी मावि, पोखरा–१ बगरस्थित संस्कृत मावि, पोखरा–३३ भरतपोखरीस्थित सरस्वती टीका मावि, पोखरा–१८ ठूलाखेतस्थित शान्ता मावि, पोखरा–२४ पामेस्थित जनजागृति आधारभुत विद्यालय, पोखरा–२८ कालिकास्थानस्थित जनज्योति मावि र पोखरा–१४ मझेरीपाटनस्थित रामेश्वरी माविलाई परीक्षा केन्द्र तोकिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







