लेकसाइडका राहुल थापालाई सुलभ दशै तिहार बम्पर उपहार


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८१ मा प्रकाशित




माघ ५ पोखरा । पोखराको जरेबरस्थित सुलभ डिपार्टमेन्टल स्टोर्सले दशंै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ ।

सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर लेकसाइडका राहुल थापाले जितेका छन् ।

जिल्ला विकास समितिका पुर्व सभापति रमेश भट्टराईले लक्की ड्र तान्दा ४५८७५ नम्बरको थापाको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजीको वासिङ मेसिन सुमन श्रेष्ठलाई, तेस्रो पुरस्कार प्रविन गुरुङले प्राप्त गरेका छन् ।

लक्की ड्र मार्फत १३ जना सान्त्वना पुरस्कारमा छनौट गरिएको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।
२ हजार भन्दा बढिको एकै पटकमा खरिद गर्दा एउटा कुपन दिने गरको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले करिब ४६ हजार कुपनबाट १६ जनालाई विभिन्न पुरस्कार लक्की ड्र मार्फत छनौट गरिएको बताए ।

१६ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र आम सर्वसाधरणलाई दैनिक जीवनमा आवश्यक पर्ने घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।