पोखरा, माघ १९
पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको भाग्य चिट्ठा शनिबार खोलिएको छ । नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा तीन महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको शनिबार समितिको साधारण सभा तथा वनभोज कार्यक्रमको अवसरमा खोलिएको हो । सो उपहार योजना भाग्य चिट्ठामा पोखरा–१६ लामाचौरकी रिना बस्नेतले सामान खरिदमा प्राप्त गरेको ५९१५३ नम्बरको कुपनले प्रथम उपहार जित्न सफल भयो । उनले प्रथम उपहार स्वरुप स्कुटर प्राप्त गरेको समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।

त्यस्तै, लक्की ड्रबाट तनहुँ म्याग्दे गाउँपालिका–की मेनुका पौडेलले सामान खरिदमा पाएको १९०३४ नम्बरको कुपनले द्वितीय उपहार प्राप्त गर्दै ल्यापटप जितेको छ । यसैगरी, पोखराका समीर कोइरालाले सामान खरिदमा पाएको २३९८३ नम्बरको उपहार कुपन तेश्रोहुँदै मोवाइल र पोखरा–४ गैह्रापाटनका सौगात पाण्डेले प्राप्त गरेको ४६८३७ नम्बरको उपहार कुपन चौथोहुँदै साइकल उपहार जित्न सफल भयो ।
यसैगरी पोखरा सेदीकी सृजना कँडेल (कुपन नम्बर १३६६०), स्याङ्जा पुतलीबजार–११ की पूजा पौडेल (कुपन नम्बर २०६६४, ज्योति साहले (कुपन नम्बर ४४०४८) र पर्वत कुस्माकी गीता पुन (कुपन नम्बर १६३१८)ले सान्त्वना उपहार जित्न सफल भएका छन् । सान्त्वना उपहार जित्ने चार जनालाई नै नगद ५÷५ हजार प्राप्त गरेको अध्यक्ष थापाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






