
पोखरा, फागुन १
उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत विहीबार भएको दोश्रो सेमीफाइनल खेलमा ब्ल्याक बुल्स एफसी ५ पटकको उपाधि बिजेता थ्रीस्टार क्लवलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि ब्ल्याक बुल्सले शनिबार नेपाल पुलिसको सामना गर्नेछ । सर्बाधिक ६ पटकको बिजेता पुलिस बुधबार भएको खेलमा चर्च ब्वाईज युनाइटेड क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
विहीबारको दोश्रो सेमीफाइनलमा उपाधि दाबेदार मानिएको थ्रीस्टारले लज्जास्पद हार बेहो¥यो । शुरुदेखि नै दवाबमा परेको थ्रीस्टारले २४ औं मिनेटमै पहिलो गोल बेहो¥यो । ब्ल्याक बुल्सका कुभोन्चभिकले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा सशक्त प्रतिकार गरिरहेको पुलिसले दोश्रो हाफमा भने लय गुमायो । जसको परिणाम स्वरुप दोश्रो हाफमा मात्रै थ्रीस्टारले थप ३ गोल बेहो¥यो ।
दोश्रो हाफमा थप आक्रामक बनेको ब्ल्याक बुल्सले खेलको ५८ औ मिनेटमा अग्रता दोब्बर बनायो । ब्ल्याक बुल्सका लागि दोश्रो गोल असिफबेक ओरिफजोनोभले गरे । त्यसको ५ मिनेट नबित्दै खेलको ६३ औं मिनेटमा सभ्काटजोन सत्तारोभले गोल थप्दै अग्रता तेब्बर बनाए । ब्ल्याक बुल्स त्यत्तिमा मात्रै रोकिएन र खेल सकिन ३ मिनेट बाँकी छँदा ८७ औं मिनेटमा गोल थपेर ४–० ले बिजयी भयो । फराकिलो अन्तर बनाउन ब्ल्याक बुल्सका साइडजामोलले अन्तिम गोल गरे ।
प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटरसहित विभिन्न विधागत पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।