पोखरा अन्र्तराष्ट्रिय म्याराथन शनिबार, २१ देशका ३ हजार धावकसहित कुल १० हजारले दौडिने


     एभरेस्ट आवाज    
     फागुन १ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन १

पोखरामा फागुन ३ गते शनिबार पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना धावकहरुले प्रतिष्पर्धामा सहभागिता जनाउने आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा धावक तथा रन फर फनमा दौडिनेसमेत गरेर कुल १० हजारले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिता अन्तर्गत खुल्ला म्याराथन (४२.१९५ किमि) दौडमा २१ देशका ८० विदेशी धावकसहित १५० जना दौडिने अध्यक्ष गुरुङले जानकारी दिए । जसमा ८ जना महिलासमेत रहेको उनले बताए ।

प्रतियोगिताको हाफ म्याराथन (२१.०१९७ किमि) पुरुषतर्फ १० विदेशीसहित ११० जना र महिलातर्फ १० विदेशीसहित ४० जना दौडिने उनले जानकारी दिए । त्यस्तै, १० किमि पुरुषतर्फ ११ विदेशीसहित २११ ज्ना र महिलातर्फ ११ विदेशीसहित १०९ जना दौडिने उनले बताए ।

प्रतियोगिता अन्तर्गत ५ किमि भेट्रान्स प्रतियोगितको पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जनाले सहभागिताका लागि नाम दर्ता गराईसकेको मञ्चका महासचिव केशव पाठकले जानकारी दिए ।

म्याराथनको रन फर फनमा करिव ७ हजार जना दौडिने जनाइएको छ । उनका अनुसार धावक र खेलाडी गरेर १० हजार बढी म्याथनमा दौडिनेछन् ।

१४ विभिन्न विधामा हुने ईभेन्टका लागि कुल २१ लाख ३४ हजार नगद पुरस्कार रहेको मञ्चले जनाएको छ । मुख्य ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन प्रतियोगिताको बिजेताले ५ लाख नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।

श्निबार विहान ७ बजे पोखरा रंगशालाबाट सुरू हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने जनाइएको छ । रंगशालाबाट सुरू भएको म्याराथन पोखरा नगरको विभिन्न भाग परिक्रमा गरी पोखरा ६ हल्लन चोकमा पुगेर सम्पन्न हुने पूर्व अध्यक्ष तेजबहादुर गुरूङले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाईगण्डकी प्रदेश सरकार र पोखरा महानगर पालिकाको संरक्षकत्व रहेको म्याराथनलाई पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले वि.स.२०७२ देखि हालसम्म अनवरत रुपमा मूख्य प्रायोजन गर्दै आएको छ । त्यसै गरी गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी मुख्य सहयोगी संस्थाको रुपमा रहेका छन् ।

पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके अन्तर्राष्ट्रिय पार्टनर तथा नेपालको प्रतिष्ठित बैंक कृषि विकास बंैक बैकिङ पार्टनरको रुपमा रहेको छ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी), रोटरी डिष्ट्रिक्ट ३२९२, ब्रिटिश कलेज, समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी श्री दुर्गा गुरुङ, गोकर्ण कार्की (बाराही बेकरी), निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्की, एनप्याब्सन कास्की, हिसान कास्की, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, कुमुदिनी होम्स् मावि, भास्कर मेमोरियल मावि, माउन्ट अन्नपूर्ण मावि, सूर्योदय मावि, ज्योतीकुञ्ज मावि, प्रतिभा मावि, टप्स मावि, ज्ञानु बाबा मावि, ग्लोबल मावि, कान्तिपुर मावि, सोच कलेज अफ आइटीको सहयोग तथा प्रायोजन रहेको छ ।

त्यस्तै हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, तमु धि युके, सहारा युके,बगर भाइ खलक यूके, रामबजार सोसाइटी यूके, तमु समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, बगर भाई खलक यूकेका निवर्तमान अध्यक्ष दिलरास गुरुङ, पोखरा ६ तथा हाल स्कटल्याण्ड निवासी समाजसेवी जोनी पहारी, चन्द्र प्रकाश गुरूङ अस्ट्रेलिया, बोस्टन न्यू ह्याम्पशायर नेपाली समाज अमेरिका (फ्रेण्डस अफ पोखरा यूसए), देवान गुरूङ हङकङ, नवराज÷जमुना गुरूङ क्यानडा, तमु धिं क्यानडा, गुरूङ सोसाइटी अफ न्यू ह्याम्पशायर, पोखरा पर्यटन परिषद, बुद्ध एयर(एयरलाइन्स पार्टनर) सहयोगी संस्थाको रुपमा रहेका छन् भने प्रभु लाइफ महालक्ष्मी इन्सोरेन्स, नेपाल इनभेष्टमेन्ट मेगा बैंक लि., भाटभटेनी सुपर मार्केट काठमाण्डौ, एनसेल, ओमादा जाइको इभी कार, स्पोर्टस वेयर एक्स–टेप र केल्मी सहयोगी संस्थाको रुपमा जोडिएका छन् भने पिउने पानी टुडे मिनरल वाटरको सहयोग रहेको छ ।

त्यसै गरी होटल पार्टनरको रुपमा पोखरा ग्राण्ड, माउन्ट कैलाश रिर्सोट, होटल पिस प्लाजा, होटल ब्लु म्यागनेट, एपेक्स विजनेस होटल काठमाण्डौ रहेका छन् भने वुम¥याङ रेष्टुरेन्ट र मुङलान रेष्टुरेन्ट एण्ड बार रेष्टुरेन्टको रुपमा रहेका छन् । यसैगरी पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेको आयोजकले जनाएको छ ।

त्यसै गरी पोखरा म्याराथन सफल बनाउन फिजियो थेरापी एशोसियसन, एम्वुलेन्स चालक संघ, पोखराका विभिन्न अस्पतालहरु, नेपाल रेडक्रस सोसाइटी कास्की लगायतको सहयोग रहने आयोजकले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।