पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेबेला बेलुन् पड्किदा उपप्रधानमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाईते


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ३

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य घाईते भएका छन् । भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन् पड्किएर लाग्दा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाईते भएका हुन् ।

उद्घाटनलाई भव्य बनाउन बालिएको झिरपटाकाको झिल्कोले हावा भरिएको बेलुनलाई भेटेर बेलुनको झुप्पो एकैपटक आगोले पड्किएको हो । सो क्रममा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न बेलुन नजिकै पुगेका उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको गाला र हत्केलामा सामान्य पोलेको बताइएको छ । यद्वपी दुबैको अवस्था सामान्य छ । दुबैलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनाको पूर्ण विवरण आउन बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।