
पोखरा, फागुन ९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा हालका सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वी सुब्बाका कारण तमुवान प्रदेश बनाउन नसकिएको आरोप लगाएका छन् । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पूर्व मुख्यमन्त्रीको नाम नलिई भने,‘,‘हामी शुरुमा तमुवान नामाङ्करण गर्न चाहन्थ्यौं । तर प्रदेशका तात्कालीन मुख्यमन्त्री जो नेकपा एमालेसँग सम्बन्धित हुनुहुन्थ्यो । उहाँ कुनै हालतमा तमुहरुको पहिचान झल्किनेगरी प्रदेशको नामाङ्करण गर्न तयार नभएपछि र हाम्रो शक्ति नपुगेपछि हामीले तमुहरुको पहिचान झल्किनेगरी प्रदेशको नामाङ्करण गर्न सकेनौं ।’
अध्यक्ष प्रचण्डले तमुवान बनाउन नसकेपछि तमुवान गण्डकी प्रदेश बनाउनेगरी सम्झौता गर्न खोज्दापनि तत्कालीन मुख्यमन्त्री गुरुङ नमानेपछि गण्डकी प्रदेश बनाउन बाध्य भएको दाबी गरे । पछि हामीले तमुहरुकोपनि पहिचान झल्किने, गण्डकीपनि आउने गरी सम्झौता गर्नपनि खोज्यौं,उनले अगाडि थपे,‘तर तत्कालीन मुख्यमन्त्री जी तयार नहुँदा यहाँ प्रदेश सभामा त्यस्तो सहमती हुन सकेन । र गण्डकी प्रदेश भन्नु परेको हो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।