नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जातीय समस्या वर्ग समस्याकै एउटा रुप भएको बताएका छन् । माओवादीले वर्गिय मुद्धा छाडेर जातीय मुद्धा उठाएको भन्दै विपक्षीहरुले आलोचना गरिरहेका बेला महासचिव गुरुङले जातीय समस्या वर्गिय समस्याकै कारण उत्पन्न भएको बताए ।
तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातीय समस्यालाई वर्गिय समस्याकै रुपमा बुझ्नुपर्ने बताए । हिजो नीजि सम्पती नहुँदासम्म न जात थियो न वर्ग नै,उनले भने,‘जब नीजि सम्पती बनाउन थालियो तब वर्गिय समस्या सिर्जना भयो । त्यसले जातीय, उत्पीडनलगायतका समस्याहरुपनि निम्त्याए ।’
महासचिव गुरुङले वर्गिय मुद्धालाई ओझेलमा पार्न माओवादीलाई जातीवादीको आरोप लगाईएको दाबी गरे । उनले भने,‘जातीय समस्या भनेकै वर्ग समस्याको एउटा रुप हो । नबुझ्नेहरुले माओवादीले जातीय मुद्धा उठायो भनेर खिसिट्यूरी गरिरहेका छन् ।’ उनले समाजवादी क्रान्ति पूरा भएमा मात्र वर्गिय, क्षेत्रीय, जातीय, लैंगिक, सिमान्तकृत समुदायले न्याय पाउने र देशमा समानता कायम हुने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





