
फागुन १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ ।
कार्यलयले सोमबार एक कार्यक्रमका विच वडा कृषि संजाल मार्फत वडा भित्रका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण गरेको हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल विकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा –३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिए ।
उनका अनुसार न्यू नारायणी जातको घिरौला, भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकाशे बोडी, घ्यू सीमी, लौका, र चिफ्ले भिन्डी गरि १ लाख ५० हजार बराबरको बिउ वितरण गरिएको छ । ४८ वटा समुहलाई हस्तान्तरण गरिएको बिउ समुह मार्फत कृषकको घर–घरमा पुर्याइने उनले बताए ।
बिउ हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले किसानको जीवन स्तर उकास्नको लागि र जिबिको पार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ बीउ बितरण गरिएको बताए । उनले यो बिउलाई सहि सदुपयोग गरेर आफूलाई खाने तरकारी उत्पादन गरि बाँकी भएको तरकारी बिक्री बितरण गरि आय–आर्जन गर्न सुझाए ।
पोखरा महानगरपालिका ३१ कृषि संजालका अध्यक्ष केशबराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा कार्यलयका सूचना अधिकारी माधबराज तिमिल्सिनाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।