
पोखरा बेटर होम एप्लाइन्सेसले भाग्यशाली उपहार बिजेतालाई पुरस्कार हस्तान्तरण गरेकाे छ। बेटर होम एप्लाइन्सले बुधबार एक कर्यक्रम गरी पोखरा महोत्सवको अवसरमा सञ्चालन गरेको भाग्यशाली उपहार योजनामा सहभागी मध्ये लक्की ड्रबाट बिजेता बनेका हरुलाई उपहार हस्तान्तरण गरेको हो ।

कार्यक्रममा भाग्यशाली उपहार योजनाका प्रथम पुरस्कार बिजेता पोखरा – ९ नयाबजारका गणेश रानालाई एक लाख रुपैयाँ बराबरको १.५ टनको इन्भर्टर एसी, दोस्राे हुने सायरा लामिछानेलाई ५० हजार बराबरको इलेक्ट्रिक गिजर र चिम्नी तथा तेश्रो पुरस्कार बिजेता तनिस तामाङलाई २५ हजार बराबरको बेटर होमको हब चुल्हो हस्तान्तरण गरिएको थियो।
बिजेताहरूलाई बेटर होम एप्लाइन्सेसका अध्यक्ष विनाेदकुमार रौनियार, यूनाइटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्ने वक्ताहरूले बेटर होमका भाँडाहरू, इलेक्टि्र्क तथा इलेक्ट्राेनिक्सका सामानहरू गुणस्तरिय रहेको बताएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।