फागुन १९ पोखरा । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम ह्वात्तै बढेको छ ।
महायज्ञको छैटौं दिन आज सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गरेका छन् । आजमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए । योसँगै हालसम्म यज्ञमा रु.१ करोड ५३ लाख बढी दान संकलन भएको छ ।
आज महायज्ञमा एक सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गरेका छन् । पोखराका विभिन्न वडा, छिमेकी पालिका, पर्वत, तनहुँ एवम् धादिङबाट समेत विभिन्न संघसंस्था सराङकोट धाम पुगी दान गरेका हुन् ।
आज दान लिन तथा भक्तजनको व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो । यसअघि महायज्ञ स्थल तथा धाम गरी २ ठाउँबाट दान संकलन गर्ने गरिएकोमा आज सोमबार सचिवालयबाट समेत गरी ३ स्थानबाट दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए ।
यसैविच, महायज्ञमा सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोट पवित्र भूमि भएको चर्चा गर्दै यहाँको बृद्धि विकासमा महानगरपालिका प्रयत्नशील रहेको सुनाए । उनले धार्मिक पर्यटकीय क्षेत्र अन्र्तगत आगामि दिनमा विश्व बैकको सहयोगमा सराङकोटमा विभिन्न संरचना निर्माण हुने स्पष्ट पनि पारे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक…







