पोखरा, चैत २२
समय बचत तथा ऋण सहकारी संस्था लिमिटेड दरबारथोक पोखराले कोपिला नेपाललाई खाद्य सामग्री सहयोग गरेको छ । १७ औं स्थापना दिवसको अवसर पारेर सहकारीले कोपिला नेपालमा आश्रित विपन्न महिलाहरुका लागि खाद्य सामग्री सहयोग गरेको हो ।
सहकारीले चामल, दाल, तेल, बिस्कुट, तरकारीलगायतका खाद्य समग्री सहयोग गरेको सहकारीकी प्रबन्धक विधाता श्रेष्ठ द्वाले जानकारी दिईन् । कार्यक्रममा सहकारीका अध्यक्ष शिवप्रसाद द्वा, उपाध्यक्ष मदनप्रसाद द्वा, प्रबन्धक विधाता श्रेष्ठ द्वा, सचिव अनिल बड्गामी, कोषाध्यक्ष ओमप्रकाश श्रेष्ठलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

कोपिला नेपालमा विपन्न परिवारका सहाराविहीन् महिलाहरु आश्रित छन् । तिनै विपन्न तथा सहाराविहीन् महिलाहरुका लागि सहयोग पुगोस् भनेर सहकारीको तर्फबाट सहयोग गरिएको सहकारीकी प्रबन्धक द्वाले बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा…







