साङ्केतिक तस्विर
पर्वत । फलेवास नगरपालिकाका बासिन्दाले वडा कार्यालय र प्रहरी चौकी निर्माणका लागि रु ३३ लाख ५० हजारको ९ रोपनी जग्गा दान गरेका छन् ।
फलेवास–५ खानीगाउँका बासिन्दाले चन्दा सङ्कलन गरी जग्गा किनेर नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् । स्थानीयवासीका साथै स्वदेश तथा विदेशमा रहेकाहरुले समेत जग्गा खरिद गर्न सहयोग गरेका स्थानीय समाजसेवी भोलानाथ शर्मा लम्सालले जानकारी दिए । प्रहरीको भवन निर्माण गर्न पाँच रोपनी तीन आना तथा वडा कार्यालय निर्माण गर्न चार रोपनी जग्गा खरिद गरिएको उनले बताए ।
अहिलेसम्म प्रहरी चौकी भाडाको घरमा सञ्चालन हुँदै आएको छ भने वडा कार्यालय फलेवास सिँचाई आयोजनाको कार्यालयमा सञ्चालन भइरहेको छ । जग्गाको लालपूर्जा प्रहरी नायव उपरीक्षक रविन विष्ट र खानीगाउँका वडाध्यक्ष नारायणप्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक…







