पोखरा,चैत २५
पोखरामा चैत २७ गतेदेखि अन्तर बिद्यालय स्तरीय व्याण्डमिन्टन प्रतियोगिता हुने भएको छ । बिल्स फाउण्डेसनको आयोजनामा यही २७ चैतदेखि ३० गतेसम्म प्रथम बिलबहादुर मेमोरियल अन्तर विद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता गर्न लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
व्याडमिन्टन खेलको तल्लो तह (ग्रासरुट) बलियो बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा १६ वर्ष मुनिका बालबालिकाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा अन्डर–१६ र अन्डर–१९ दुबैतर्फ एकल छात्र÷छात्रा ईभेन्ट हुने बिल्स फाउण्डेसनका सचिव बरदान लामाले जानकारी दिए । यसैगरी, बी लेभलको गण्डकी खुल्ला डबलमापनि प्रतिष्पर्धा हुने उनले बताए । प्रतियोगिता बिल्स फाउण्डेसन र फिड नेपाल स्पोर्टस क्लवले हालैमात्र निर्माण गरेको पोखरा–१२ हस्पिटलचोकस्थित नेपाल स्पोर्टस फ्लेक्सको ईण्डोर हलमा हुने उनको भनाई छ ।
प्रतियोगिता अन्डर–१९ तर्फको छात्र तथा छात्रा दुबैतर्फका बिजेताले ३० हजार, उपबिजेताले २० हजार, तृतीय हुनेले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक भुगोल गुरुङले जानकारी दिए ।
त्यस्तै, अन्डर–१६ छात्र तथा छात्रा तर्फ बिजेता हुने दुबैतर्फका बिजेताले २० हजार, उपविजेताले १० हजार र तृतीय हुनेले ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । यसैगरी बी लेवलको गण्डकी खुल्ला डवल तर्फको बिजेताले ३० हजार, उपबिजेताले २० हजार र तृतीय हुनेले १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
प्रतियोगिता आयोजना गर्न करीब १० लाख खर्च लाग्ने फिड नेपाल स्पोर्टस प्लेक्सका अध्यक्ष तुलसी गुरूङले जानकारी दिए । उनले प्रतियोगितामार्फत ग्रास रुटमा रहेका खेलाडीको प्रतिभा प्रष्फुटन गर्ने, उनीहरुको कसी दाँज्ने र प्रतिभावान खेलाडीलाई प्लेटफर्म क्रियट गरेर दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको उल्लेख गरे । यसले भविष्यमा पर्यटनको राजधानीलाई खेल पर्यटनको माध्यमबाट टेवा पुग्नेसमेत उनको दाबी छ ।
ब्याडमिन्टन खेलाडी तथा समाजसेवी बिलबहादुर गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । पोखरा–१० बुद्धचोक निबासी ९१ बर्षीय गुरुङको गत वर्ष चैत २७ गते निधन भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







