पोखरा, चैत २६
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गत फागुन ३ गते सम्पन्न गरेको पोखरा म्याराथनबाट सो रकम बचत भएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९े रुपैंया आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैंया ९३ पैसा खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हाल सम्मकै सर्वाधिक बचत भएको आयोजकको दाबी छ । कुनैबेला आर्थिक अभावका कारणका तीन–तीन पटक स्थगित पोखरा म्याराथनले कोभिड पछिका तीन वर्ष घाटा समेत ब्यहोरेको थियो ।
यस्तै पोखरा म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानिय तहबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्धेश्यले मञ्चले सुरू गरेको अक्षयकोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ ३३ पैसा संकलन भएको कोषाध्यक्ष बरुवालले जानकारी दिए । सो अक्षयकोषमा देश विदेशमा छरिएर रहेका मञ्चका आजिवन सदस्य र दिवंगत आजिवन सदस्यका परिवारहरुबाट आफ्ना स्वर्गीय स्वजनको स्मृतिमा रकम प्रदान गरेका हुन् । सो अक्षयकोषमा मञ्चका आजिवन सदस्य तथा डायमण्ड बुद्घिष्ट सेन्टर यूकेका अध्यक्ष योगेश गुरूङले रकम प्रदान गरी सुरूवात गरेका थिए ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद प्रति आभार व्यक्त गरे ।
२० औं सस्कणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८२ फागुन २ गते शनिबारका दिन आयोजना हुने मञ्चले जानकारी दिएको छ । मञ्चले २० औं सस्करणको लागि खेलाडी दर्ता प्रक्रिया समेत सुरू गरेको जनाएको छ ।
सम्पन्न १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरियुयिटले जितेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







