पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगितामा वाराही र त्रिभूवन माविको बिजयी शुरुवात


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०८१ मा प्रकाशित




पोखरा, चैत २७

पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिता पोखरामा शुरु भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिता चैत २९ गते शुक्रबारसम्म जारी रहनेछ ।

प्रतियोगिताको पहिलो दिन वाराही मावि र त्रिभूवन माविले बिजयी शुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभूवन माविले लक्ष्मी माविलाई सुपर ओभरमा पराजित गर्दै बिजयी यात्रा शुरु ग¥यो । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा भएको प्रतिष्पर्धामा त्रिभूवन माविले सुपर ओभरमा ९ रन बनाएको थियो । जवाफी ब्याटिङमा लक्ष्मी माविले ६ रन मात्रै बनाएपछि त्रिभूवन मावि ३ रनले बिजयी भएको हो । यसअघि टस जितेको त्रिभूवन माविले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको लक्ष्मी माविले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । लक्ष्मी माविका लागि सुप्रिया गुरुङले ५३ बलमा ७३ रन र प्रतिमा जयसवालले १२ बलमा १७ रनको योगदान गरे । त्रिभूवन माविकी प्रिया परियारले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट र बबी यादवले समान ३ ओभरमै २३ रन खर्चेर २ विकेट हत्याईन् ।

१५२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको त्रिभूवन माविले १५ ओभरमा ३ विकेट गुमाएर समान १५१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । त्रिभूवन माविका लागि विपस्यना कार्कीले ४९ बलमा ६६ रन र अनुस्का नेपालीले २३ बलमा २६ रनको योगदान दिएका थिए ।

उद्घाटन खेलमा त्रिभूवन माविकी विपस्यना कार्की प्लेयर अफ दी म्याच घोषित भईन् ।

दोश्रो खेलमा वाराही माविले कालिका माविलाई ९ विकेटले पराजित गर्दै बिजयी शुरुवात ग¥यो । टस जितेर वाराही माविले फिल्डिङ रोजेपछि कालिका माविले पहिलो व्याटिङ गर्दै निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ११७ रन बनाएको थियो । कालिका माविका लागि पूजा वैजुले ४२ बलमा २८ रन र स्मारिका चौधरीले २० बलमा १५ रनको योगदान दिए । कालिका माविलाई सस्तैमा समेट्न वाराही माविकी सुस्मा पौडेलले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट र हिरा मगरले समान ३ ओभर नै बलिङ गर्दै १६ रन खर्चेर २ विकेट हत्याए ।

११८ रनको लक्ष्य लिएर जवाफ ब्याटिङमा उत्रिएको वाराही माविले ९.३ ओभरमा १ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । बिजयी वाराही माविकी सुस्मिता श्रेष्ठले १५ बलमा ३३ रन र सोनिमा थापा मगरले २१ ब्लमा ३२ रनको योगदान दिए ।

दोश्रो खेलमा बिजयी वाराही माविकी सुस्मा पौडेल प्लेयर अफ दी म्याच घोषित भईन् ।

महिला क्रिकेटको लोकप्रियता बढ्दै गइरहेको सन्दर्भमा ग्रास रुट क्रिकेटको विकाससँगै नया खेलाडीको प्रतिभा प्रष्फुटनसँगै खेलाडी पहिचान गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । ‘खेलाडी उत्पादन गर्ने दायित्व पोखरा महानगरकोपनि हो । त्यसैले दायित्व पूरा गर्न प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।