२७,चैत्र
पोखरा ।
पोखरा ४ गैह्रापाटनमा रहेको विद्यालय कुमुदिनी होम्समा एस् ई ई दिएर बसेका विभिन्न जिल्लाका विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि जारी छ।
बुधवार सम्पन्न फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि मा. वि. (ए) तनहुँ , राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि. ( बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि., जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण , महेन्द्र , अमरसिद्धि मा. वि., वोइस्ट पोइन्ट मा. वि.( बेनी ), प्रगति (बि), अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै कुमुदिनी होम्स मा.वि., ग्लोबल कलेजियट, हिमालयन बोर्डिङ,जनप्रकाश मा.वि. (ए) र एस्.ओ.एस्.तेस्रो चरणमा ( प्रि -क्वाटर ) प्रवेश गरेको छ। छात्रा बास्केटबलतर्फ बि. एम. जि. मा.वि. र साइनिङ स्टार सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसै गरी छात्र बास्केटबलतर्फ सिर्जना , वेलनन एकेडेमी , जनप्रिय, विन्देश्वरी, भद्रकाली, मेश्रम बाराह मा. वि., भू.पू. सैनिक मा. वि.( वालिङ ), केफ मा. वि., गण्डकी बोर्डिङ , ग्लोबल, गलेश्वर आदर्श मा. वि. म्याग्दी , र नेपाल आदर्श दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिता अझै दुई दिनसम्म सञ्चालन हुने कुरा एस्.ई.ई. कप संयोजक विकाश ढुङ्गानाले जानकारी दिनुभयो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







