आज महावीर जयन्ती मनाइँदै


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०८१ मा प्रकाशित




सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदै छ । विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन् ।

इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मिएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँडेको जैन ग्रन्थमा उल्लेख छ ।

अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश हो । अरुलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उनले शिक्षा दिएका छन। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।