नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







