सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०८२ मा प्रकाशित




अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो ।

यो मूल्यवृद्धिपछि फेरि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ । यसअघि सोमबार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।

यस्तै,चाँदी तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ९५५ रुपैयाँ आजका लागि मूल्य तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।