प्रादेशिक आपतकालीन गोदाम घर हस्तान्तरण


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०८२ मा प्रकाशित




पोखरामा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम हस्तान्तरण गरिएको छ । विपद्का बेला तत्काल राहत तथा उद्दार सामग्री भण्डारण गर्नका लागि पोखराको पुरानो विमानस्थल प्राङ्गणमा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम गण्डकी प्रदेश सरकारलाई शुक्रबार हस्तान्तरण गरिएको हो । पोखरामा शुक्रबार विहान आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सो गोदाम घर हस्तान्तरण हस्तान्तरण गरे।

विपद् तथा त्यसबाट मानव जीवन र सम्पत्तिमा हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको आपतकालीन गोदाम घर करीब १ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा बनाइएको छ । यूरोपेली युनियनको सहयोगमा आपतकालीन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न यस प्रादेशिक आपत्कालिन गोदाम घरमा ७०० मेट्रिक टन भण्डारण क्षमता रहेको जनाइएको छ । गोदाम घरमा ४ वटा प्रिक्याब भवन छन् । यसमा ७ हजार ५०० लिटर इन्धन भण्डार गर्ने ब्लाडर समेत छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले संकटको बेला तत्काल राहत सामग्री आपूर्ती सुनिश्चित गर्नेगरी निर्माण गरिएको यस गोदाम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भने,‘जे उद्देश्य राखेर बनाइएको छ, त्यसका लागि यो पूर्ण रुपमा सदूपयोग हुनेछ भन्ने विश्वास छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिले जोखिमपूर्ण रहेकाले यसले जोखिम न्यूनीकरणमा सघाउ पुग्ने बताए । यसले प्रदेशको राहत वितरण प्रणालीपनि एकद्वार प्रणालीबाट गर्न सहयोग पुग्नेपनि उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।