
पोखरा, बैशाख ७
रोटरी क्लब अफ पोखराले पोखरा–१ स्थित विन्ध्यबासिनी प्राकृतिक चिकित्सालयलाई एक थान स्वचालित वासिङ मेसिन प्रदान गरेको छ । क्लवले रोटरीको जन्मदाता पाउल पि ह्यारिसको १५७ औं जन्मोत्सवको अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराद्वारा सञ्चालित पोखरा १ गुठिवारीस्थित विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई वासिङ मेसिन प्रदान गरेको हो ।
क्लवले रोटरी क्लब अफ निग्दी पुणे, महाराष्ट्र भारतको आर्थिक सहयोगमा १५ लाख बराबरको वासिङ मेसिन प्रदान गरेको क्लबका अध्यक्ष रोटरियन उर्दिपकुमार श्रेष्ठले जानकारी दिए । उनले रोटरी डिष्ट्रीक ३२९२ का पूर्व डिष्ट्रीक गर्भनर रो. किरणलाल श्रेष्ठको पहलमा मेसिन प्राप्त भएको बताए ।
क्लवले प्रदान गरेको सो मेसिनले एक पटकमा ३० केजी बेडसिट, टावेललगायतका कपडाहरु धुन र सफाई गर्न सक्ने क्षमता रहेको कार्यक्रमका संयोजन गरेका रो. ओमकमार श्रेष्ठले जानकारी दिए । उनले प्राकृतिक चिकित्सालय व्यवस्थापन समितिलाई एक औपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।