नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८२ मा प्रकाशित




काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको हो । यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको हो ।

आज तीन सय आठ कम्पनीको एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर ६४ हजार एक सय ४० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको उपसूचक सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह दुई दशमलव शून्य नौ प्रतिशतले घटेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।