सुस्ताएको अर्थतन्त्रलाई गति लिने बजेट आओस् : अध्यक्ष कार्की


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८२ मा प्रकाशित




पोखरा, १७ वैशाख ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री होस् भन्ने कामना गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने उनको धारणा छ ।

पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग बुधबार भएको अन्तक्र्रियामा बोल्दै अध्यक्ष कार्कीले पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघले यहाँको शिक्षा,स्वास्थ्य,पर्यटनको विकास तथा कृषिको व्यावसायिकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको बताउँदै उनले अगाडि भने,‘हामी निजी क्षेत्रको हितमात्र हेर्दैनौँ, समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल छौँ ।’
सिन्धुपाल्चोकका व्यवसायीहरुसँग रहेको हिमालपार व्यापारको अनुभव र त्यसको महत्वबारे। संक्षिप्त चर्चा गर्दै अध्यक्ष कार्कीले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीहरुको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राखे। । ‘कोरोलामा नेपालतिर खासै भौतिक संरचना बनेका छैनन् तर चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आउँदै छ ।’
कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयातमात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे । उनले नेपाल उद्योग वाणिज्य महासंघले ।जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्याहरुपं्रति बढी ध्यान देओस् भन्ने पोउवा संघका अध्यक्षको भनाइमा समर्थन जनाए । नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघको समस्या बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्ने अध्यक्ष बस्नेतको धारणा थियो ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगी÷व्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राखे । उनले नेपाल उद्योग वाणिज्य महासंघलाई मोफलसका समस्याप्रति गम्भीर बनाउनका निम्ति जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु एकजुट हुनुुपर्ने पनि बताए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा संघका उपमहासचिव सुदीप प्रधानाङ्गको संचालन रहेको कार्यक्रममा संघका वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु जीवनकुमार श्रेष्ठ,नविन नापितलगायतको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।