
महासचिव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको न्यायीक छानविन हुनुपर्ने बताए । संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनले भ्रष्टाचारको संकेत गरेकाले अब त्यसको न्यायीक छानबिन हुनुपर्ने उनको भनाई थियो ।
उपसमितिले बुझाएको प्रतिवेदनले भ्रष्टाचार नै भएको छ त भनेको छैन,उनले भने,‘तर भ्रष्टाचार भएको संकेत गरेको छ । त्यसैले अब शंकाको घेरामा परिसकेकाले यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको समिति बनाएर न्यायीक छानबिन गरिनुपर्छ ।’ उनले न्यायीक छानविनले भ्रष्टाचार भएको प्रमाणित गरे विमानस्थल निर्माणका क्रममा दोषी देखिएकाहरुलाई कारवाहीको भागिदार बनाउनुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।