
राधिका गहतराज/ विद्यार्थी पत्रकार
पोखरा, बैशाख २१
पोखरामा ‘हिकभिजनद्वारा उत्पादित सामानहरु बिक्रि शुरु भएको छ । हिकभिजनका सामानहरु हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस)ले बिक्री शुरु गरेको अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए । बिक्री शुभारम्भकाे अवसरमा आईतबार पाेखरामा हिक्भिजन प्राेडक्ट सेमिनार आयोजना गरेर कम्पनीका सामानहरुमा नवीनतम सुरक्षा प्रविधि अप्नाइरहेको जानकारी दिईयो ।
कार्यक्रममा ‘हिकभिजन‘ ब्रान्डका अत्याधुनिक सीसीटीभी, नेटवर्किङ उपकरण, स्मार्ट सुरक्षासम्बन्धी विभिन्न प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी दिईएकाे थियो।
सेमिनारमा पोखराका सुरक्षासम्बन्धी व्यवसायी, डिलर, प्राविधिक, तथा आईटी क्षेत्रमा कार्यरत व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।