प्रतीकात्मक तस्बिर ।
श्रृष्टि भट्ट/श्रीषा रायमाझी
पोखरा, बैशाख २२
पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव भेटिएको छ । सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका पोखरा महानगरपालिका स्थित मझेरीपाटन बस्ने बागलुङ निसिखोला गाउँपालिका–३ स्थायी घर भएका १८ वर्षीय युवराज वि.क.को शव सोमबार फेला परेको हो । उनको शव मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ ।
विक पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । आज दिउँसो २ बजेतिर डुबेर बेपत्ता भएका उनको शव करीब डेढ घण्टापछि सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोर टोलीले फेला पारेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जना नेपालीको मृत्यु भएको…






