दर्शन साकोसको अचार बनाउने तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८२ मा प्रकाशित




राधिका गहतराज

पोखरा ।

पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन अचार बनाउने तालिम दिएको छ । सहकारीको आयोजनामा भएको तालिममा नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भु।पु परिवार र ठकुरी युवा परिवार कास्कीका महिला सदस्यहरु सहभागि थिए । उनीहरुलाई उक्त प्रशिक्षक अनामिका श्रेष्ठले मासु, मेथि र लसुनको अचार बनाउन सहजीकरण गरेकी थिइन् ।

तालिम समापन कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष राजाराम शाहीले महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको बताए । उनले तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्न चाहनेलाई संस्थाले नीति नियम अनुरुप सहयोग गर्ने वचन दिए ।
प्रशिक्षक अनामिका श्रेष्ठले आमा दिदी बहिनीहरुले आफ्नै घरमा बसेर पनि खाली समयमा अचार बनाएर आफुलाई घर खर्च चलाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै तालिमबाट सिकेको सीपलाई फुर्सदको समयमा अचार बनाएर बेच्न सदस्यलाई सुझाव दिईन् ।

उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि संस्थाले सहयोग गर्ने अध्यक्ष शाहीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।