पोखरामा २४ जना नेवार कन्याको सामुहिक बेल विवाह (ईही) सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८२ मा प्रकाशित




श्रृष्टि भट्ट/श्रीषा रायमाझी

पोखरा बैशाख २९

पोखरामा नेवार कन्याहरुको सामुहिक बेल विवाह गरिएको छ । तनहु जिल्ला घिरिङ गाउपालिका स्थायी घरभई हाल पोखरामा बसोबास गर्ने नेवार सामुदायका युवाहरुको संस्था घिरिङ पोखरा नेवा ः गुठीको आयोजना, नेवा ः देय् दबु गण्डकी प्रदेशको समन्वय तथा शोभा भगवती मन्दिर समितिको बिशेष सहयोगमा पोखरामा २४ जना नेवार कन्याहरुको सामुहिक बेल विवाह (इही ज्याझ्व) गरिएको हो ।

नेवारी कला सस्कृति परम्परालाई जोगाई राख्ने तथा सामुहिक सद्भाव कायम राख्ने र दुख सुखमा साथ सहयोग गर्ने उद्देश्यले स्थापित संस्थाले सामुहिक बेल विवाह कार्यक्रम गरेको संस्थाका सचिव पूर्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेवा देय् दबु गण्डकी प्रदेशका अध्यक्ष मथुराकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा बैशाख २७ गते शुरु भएको ईही सोमबार सम्पन्न भएको हो ।

ईहीको अन्तिम दिन पोखरा महानगरपालिका वडा न.११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यको आतिथ्यतामा समापन कार्यक्रम गरिएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।