पोखराको पुम्दीभुम्दीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना, २६ जना घाईते, ५ सिकिस्त


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०८२ मा प्रकाशित




श्रीषा रायमाझी पोखरा, बैशाख ३१

पोखरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै भारतीय पर्यटक बोकेको ग.१ ख. ३८८६ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले बताए ।

बस पुम्दीकोटस्थित महादेवको मन्दिर पुगेर फर्किदै गरेको बस दुर्घटनामा परेको स्थानिय राजु क्षेत्रीले जानकारी दिए । उनका अनुसार शान्तिस्तुप नजिकैको घुम्तीमा बस मोड्ने क्रममा ब्रेक राम्रोसँग नलाग्दा दुर्घटना भएको हो ।

घाईतेहरुलाई उद्धार गरेर पोखरा नयाबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । उनीहरुको उपचार जारी रहेको डिएसपी बस्नेतले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।