पोखरा, जेठ ६
गाउँलाई सहरसँग जोड्न यहि जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीस्को सह–आयोजनामा पोखरामा दुई दिने होमस्टे मार्ट गरिन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न स्वरुप आयोजना गर्न लागेको होमस्टे मार्टमा गण्डकी प्रदेशका २५ वटा होमस्टे सहभागि हुने जनाइएको छ । मार्टमा सहभागी होमस्टे सञ्चालकहरुले आ–आफ्ना होमस्टेमा प्रदान गरिने प्याकेजका बारेमा जानकारी दिने नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार मेलामा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवद्र्धनमा उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे अन्र्तक्रियात्मक छलफल हुनेछन् । साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुती, गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामग्रीको वितरणलगायतका कार्यक्रम समावेश हुने उनले बताए ।
मेलाले गाउँमा खुलेका होमस्टे व्यवसायमार्फत गाउँमा हाल पलायन भइरहेका युवालाई गाउँमै आयआर्जनका अवसर सिर्जना गरी पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकलाई समेत गाउँमा रहेका पर्यटकीय संसाधनसँग जोड्दै उनीहरुको बसाई अवधि लम्ब्याउँदै खर्च बढाउने उद्देश्यपनि मेलाको रहेको प्रमुख लामिछानेले बताए । सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने, बजारीकरण तथा बजारसँग जोड्ने, गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिबृद्धि गर्ने र ग्रामीण पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धिमा योगदान पुराउनेपनि होमस्टे मार्टको उद्देश्य रहेको उनको भनाई छ ।
होमस्टे मार्ट गाउँ पर्यटन प्रवद्र्धनसँगै त्यसको बजारीकरणको लागि एउटा माध्ययम बनोस् भन्ने उद्देश्यले आयोजना गरिएको सहआयोजक गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीकी अध्यक्ष शोभा सापकोटाले बताईन् ।
होमस्टे मार्टका लागि उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होमस्टे फेडरेशन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्ले सहकार्य गरेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १० एवन ग्रेटर नेपाल यातायात प्रालिले दुर्घटना नगराउने चालकहरुलाई…







