पोखरा, जेठ ७
पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्द्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ ।

टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर र नयापुल, बागलुङको बागलुङ बजार, म्याग्दीको बेनी, दरबाङ र तातोपानीमा पुगेर त्यहाँका व्यवसायीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने अध्यक्ष थापाले जानकारी दिए । त्यस्तै, मुस्ताङको जोमसोम पुगेर व्यवसायीहरुसँग भेटघाटसँगै अन्तरक्रिया गरिने उनले बताए । त्यसपछि उत्तरी नाका कोरला पुगेर व्यापारिक सम्भावनाबारे अवलोकन गरेर फर्किने उनको भनाई छ । ‘उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्न जिल्ला भ्रमणमा निस्केका छौं’–उनले भने ।

यसअघि २०७५ सालमापनि सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरु कोरला नाकासम्म पुगेका थिए । त्यस्तै २०८१ सालको नया क्यालेण्डर लिएर त्यस क्षेत्रका व्यवसायीहरु पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिमहुँदै स्याङ्जामा व्यापार प्रवर्द्धनका लागि गएको थिए ।
सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले बताए ।
होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । पक्राउ…







