श्रृष्टि भट्ट
पोखरा, जेठ ८
पोखरेली गायक रोहनजंग कार्कीको ‘कान्छी २’ बोलको गीत चाँडै आउने भएको छ । यसअघि २०७७ सालमा ‘कान्छी’ गीत रेकर्ड गरेका कार्कीले ‘कान्छी २’ रेकर्ड गरेका हुन् ।
विराज गौतमको रचना, कम्पोज र एरेन्जमा तयार भएको गीतमा गायक कार्कीले स्वर भरेका छन् । सिजन बज्राचार्यले गीतको रेकर्ड गरेको उनले बताए । रोमान्टिक शैलिमा निर्माण गरिएको ‘कान्छी’ गीतले दर्शक, श्रोताको मन जितेकाले ‘कान्छी २’ निर्माण गरेको उनको भनाई छ ।
‘कान्छी २’ गीतको चाँडै नै भिडियो बनाईने उनले बतए। ‘अब आकर्षक भिडियो बनाएर गीत सार्वजनिक गर्ने तयारीमा छु’–उनले भने ।
भिडियो निर्माण भएलगत्तै यूट्यूवमा सार्वजनिक गरिनेपनि उनले जानकारी दिए ।
२०७३ सालमा ‘कहिले आउ’ गीतबाट सांगीतिक दुनियामा प्रवेश गरेका उनले गत वर्षमात्र ‘माया तिमी’ गीत ल्याएका थिए ।
पोखरा–१३ काहुँखोलामा जन्मेका कार्की गोल्डेन आइडल–२०७० का बिजेता हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






