श्रृष्टि भट्ट पोखरा, जेठ १०
सञ्चारिका पत्रकारिता पुरस्कारबाट पोखरेली पत्रकारहरु दुर्गा भण्डारी र जमुना शर्मा पुरस्कृत भएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशद्वारा सञ्चालित सो पुरस्कारबाट भण्डारी र शर्मा पुरस्कृत भएका हुन् । सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय र सञ्चारिका समुह गण्डकीको संयुक्त आयोजनामा ‘पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम तथा पुरस्कार अर्पण’ कार्यक्रममा नगद २०/२० हजार रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल, सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठलगायतले पुरस्कार अर्पण गरेका थिए । पुरस्कृत भण्डारी तीन दशकदेखि निरन्तर पत्रकारितामा छिन् । सञ्चारिका समूह गण्डकीकी संस्थापक अध्यक्ष उनी हाल राष्ट्रिय सूचना आयोगकी आयुक्त छिन् ।
त्यस्तै, साढे दुई दशकदेखि पत्रकारितामा क्रियाशिल शर्मापनि सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् ।
त्यस्तै, म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड अर्पण गरिएको छ । पुरस्कारको राशि १० हजार रुपैयाँ छ ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारको काम नेताको गुण गाउने नभएर सरकारका चुनौती, समस्यालाई उजागर गर्नु रहेको बताए । पत्रकार तथा मिडिया हाउसले ‘राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
सञ्चारिका समुह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले सञ्चार कार्यालयहरु महिलामैत्री हुनुपर्नेमा जोड दिइन् । उनले महिला पत्रकारले पारिवारिक सहयोग नपाउने, कार्यालयमा तलब विभेद, लैंगिक विभेदको सामना गर्नुपरेको बताइन् ।
स्टीङ अपरेसन पत्रकारिताको आचारसहिंता भित्र नपर्ने तथा यसले पत्रकारिताको मर्यादा माथि प्रश्न उठाउने प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सञ्चार ऐन ६० वर्ष पुरानो कार्यान्वयनमा रहेको बताउँदै नियमावलीलाई समय सापेक्ष बनाउनु आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा प्रेस रजिस्टार गण्डकीका प्रमुख विमला भण्डारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।
कार्यक्रममा सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठल महिला पत्रकारका अवस्थाका बारेमा प्रस्तुती राखेकी थिईन् भने प्रेस काउन्सिलका सदस्य केशव शरणले पत्रकारिता आचारसंहिताबारे प्रस्तुती दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







