सार्वजनिक यातायातका सवारी साधन आजदेखि संचालन


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०८२ मा प्रकाशित




गण्डकीमा आजदेखि सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली एक महिनाका लागि स्थगन गरेपछी व्यवसायीहरूले आन्दोलन स्थगन गरेर सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

तर राईड सेयरिङ सम्बन्धि नियमावली एक महिनाका लागि मात्र स्थगन भएकाले सोहि समयसम्मका लागिमात्र आन्दोलन स्थगन भएको सार्वजनिक यातायात बचाउँ संघर्ष समितिका संयोजक केदारप्रसाद पौडेलले एक विज्ञप्ती जारी गरेर जनाएका छन् । अन्यथा फेरी आन्दोलन सशक्त बनाएर लैजाने उनले चेतावनी दिएका छन् । सार्वजनिक सवारी सञ्चालनमा आएसँगै आजदेखि जनजीवन सहज हुने भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।