छहारी टोल विकास संस्थाको सडक दौडमा छोरेपाटन मावि हाबी


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ २४ गते ।

पोखरा–१७ घारीपाटन स्थित छहारी टोल विकास संस्थाले शनिबार आयोजना गरेको सडक दौड प्रतियोगिता अन्तर्गत खुल्ला ५ किलोमिटर पुरुष दौडमा छोरेपाटन माविका तेनजोन रोक्का मगर प्रथम भएका छन् । सो स्पर्धामा घारिपाटन टोल विकास संस्थाका युवराज मल्ल द्वितीय, चेतना चालिसे तृतीय, हिमालयन म्युजियम टोल विकास संस्थाका किशोर थापा चौथो र कृतन श्रेष्ठ पाँचौ भएका छन् ।

त्यस्तै पाँच किलोमिटर महिला खुल्ला तर्फ छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम भएकी छिन् । सो स्पर्धामा माच्छापुच्छे टोल संस्थाकी मेनुका अधिकारी द्वितीय, रामजानकी आमा समुहकी बिमला थापा तृतीय, विष्णु बराल चौथो र सनराइज आमा समुहकी रोजनी केसी पाँचौ भएकी छन् ।

यसैगरी, तीन किलोमिटर विद्यालय स्तरिय छात्र दौडतर्फ छोरेपाटन माविका प्रकाश तामाङ प्रथम भएका छन् । सो स्पर्धामा छोरेपाटन माविका तीलबहादुर परियार द्वितीय, छोरपाटन माविका निशान्त भुजेल तृतीय र छोरेपाटनकै आयुश सुनार चौथो भएका छन् ।

त्यस्तै, छात्रा तीन किलोमिटरतर्फ छोरेपाटन माविका साधना सेवा प्रथम, बालोदय स्कुलकी सोफिया बराल द्वितीय, छोरेपाटन माविकी प्रनिसा पौडेल तृतीय, छोरेपाटन माविकै एन्जल न्यौपाने चौथो र पोखरा किन्डर गार्डेन स्कुलकि इशानि बरालले पाँचौ स्थान प्राप्त गरे ।

आमा समूह तर्फ तीन किलोमिटर दौडमा जुनतारा आमा समूहकी विष्णु ठकुरी प्रथम, शुभकामना आमा समुहकी अञ्जु कुमारी गुरुङ द्वितीय, सुसान्त आमा समुहकी कमला सापकोटा तृतीय, रामनगर आमा समुहकी देवी कार्की चौथो र नारी शक्ति आमा समुहकी दुर्गादेवी पौडेल पाँचौ भएकी छन् ।

पाँच किलोमिटर महिला तथा पुरुष दौडमा प्रथमले पाँच÷पाँच हजार, द्वितीयले तीन÷तीन हजार, तृतियले दुई÷दुई हजार र सान्त्वनाले एक÷एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । विद्यालय स्तरीयमा प्रथमले सात÷सात, द्वितीयले पाँच÷पाँच, तृतीयले तीन÷तीन हजार र सान्त्वनालाई एक÷एक हजार प्राप्त गरे ।

बिजेता सबैलाई पोखरा महानगर वडा नम्बर १७ का वडाअध्यक्ष राधिका शाही योगी, वडा वडा नम्बर १७ का वडा सदस्य बिक्रम गुरुङ, वडा सदस्य शिवराम भण्डारी, वडा सदस्य तारा सेवा, छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदार लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

विद्यालयस्तरीय दौड आँखा हस्पिटल चोकदेखि बराल फिड् हुदै आँखा हस्पिटल चोक पुगेर सम्पन्न भएको थियो भने महिला पुरुष दौड आँखा हस्पिटलबाट सुरु भई छोरेपाटन स्थित वि.एस. पेट्रोल पम्पसम्म पुगेर पुनः आँखा हस्पिटल चोकमा आएर सम्पन्न भएको टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।

प्रतियोगता पोखरा वडा नम्वर १७ को विशेष सहयोग र कास्की जिल्ला एथेटिक्स संघको प्राविधिक सहयोगमा भएको हो । खेलकुदको जग विद्यलाय भएकाले पोखरालाई खेलकुदको सहर बनाउने अभियानमा ईट्टा थप्ने विश्वास आयोजकले लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।