पोखरा १५ मा ३ दिने महिला सशक्तीकरण तथा क्षमता विकास तालिम सप्पन्न


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८२ मा प्रकाशित




पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना र अल्कापुर आमा समूहको समन्वयमा संचालित ३ दिने महिला सशक्तीकरण तथा क्षमता विकास तालिम बिहिवार सप्पन्न भएको छ । समापन कार्यक्रमका अध्यक्ष तथा वडा १५ का अध्यक्ष तोरण बानियाँले महिला सशक्तीकरणका लागि क्षमता विकास, कानुनी सचेतना, नेतृत्व विकास, उद्घोषण लगायत विभिन्न खालका आयमूलक तालिमहरु पनि आयोजना गर्दै आइरहेको बताए । अध्यक्षले विकास भनेको बाटो, पुल, मन्दिर जस्ता भौतिक पूर्वाधार बनाउनु मात्रै होइन, महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आदिको विकास गर्नु पनि भएकाले तालिममा सहयोग गरेको उल्लेख गरे ।

कार्यक्रममा तालिम संयोजकसमेत रहेकी पोखरा महानगरपालिका कार्यपालिका तथा वडा सदस्य मन्दिरा परियार, लेखा समिति तथा वडा सदस्य बलराम पौडेल र वडा सदस्य सेती माया गुरुङको विशेष उपस्थिति रहेको थियोे ।

अल्कापुर आमा समूहकी अध्यक्ष गीता शर्माले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रशिक्षार्थी क्षिमा जुग्जालीले सिकाइ निकै प्रभावकारी रहेको बताईन् ।

तालिमको पहिलो दिन अधिवक्ता गिता तिवारीले कानुनी सचेतनाको बारेमा र दोश्रो र तेस्रो दिन गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङले महिला सशक्तीकरण, नेतृत्व विकास र उद्घोषणको बारेमा सहजीकरण गरेका थिए ।

तालिमा पोखरा १५ का अल्कापुर आमा समूह, प्रतिभा आमा समूह, संगमटोल आमा समूह, तल्लो नवशक्ती आमा समूह, सिर्जनशील आमा समूह, नागवेली सिर्जनशील आमा समूह र नागर्जुन आमा समूहका आमाहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमको संचालन अल्कापुर आमा समूहकी सचिव सुनिता कंडेलले सञ्चालन गरेको कार्यक्रममा तालिम संयोजक, कार्यपालिका तथा वडा सदस्य मन्दिरा परियारले स्वागत गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।