क्यू.ए.ए. पाएकाेमा पोखरा बहुमुखीले मनायाे उत्सव


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ ३१
विश्वबिद्यालय अनुदान आयोग बाट गुणस्तरिय सुनिश्चतता (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त भएको उपलक्षमा शनिबार पोखरा बहुमुखी क्याम्पसले विशेष कार्यक्रमहरु सहित विजय उत्सव मनाएको छ । यस अवसरमा क्याम्पसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्याम्पसलाइ सहयोग पुर्याउने व्यक्ति, संस्था ,सरोकारवाला, बिद्यार्थी तथा क्याम्पस परिवार सदस्यहरुलाइ लक्षीत गर्दै धन्यवाद समारोह आयोजना गर्यो ।
पोखरा बहुमुखी क्याम्पस बिसं २०४४ सालमा स्थापना भएको कास्की जील्लाकै सबैभन्दा पूरानो सामुदायिक क्याम्पस हो । क्याम्पसले यहि जेठ २१ गते विश्वबिद्यालय अनुदान आयोग बाट गुणस्तरिय सुनिश्चतता (क्यू.ए.ए.) प्रमाणपत्र  प्राप्त गरेको थियो ।
यस अघि क्याम्पसले प्रभातफेरि समेत आयोजना गरेको थियो । बिभिन्न समयमा क्याम्पसलाइ सहयोग पुर्याउँदै आएका सामाजिक व्यक्ति, सरोेकारवाला, चन्दादाता, अक्षयकोष संस्थापक, बिद्यार्थी तथा क्याम्पस परिवार समेत करिव ५०० जनाको सहभागितामा नेपाली पंचेबाजा सहित पभातफेरी गरिएको थियो । उक्त प्रभातफेरि क्याम्पस प्राङ्गण शान्ति वनबाट शुरु भइ प्रदर्शनी मार्ग, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंङ्गा, न्यूरोड, पृथ्वीचोकहुँदै क्याम्पसमा पुगी धन्यवाद समारोहमा परिणत भएको थियो ।
यसैबिच उक्त समारोहलाइ सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयेर धनराज आचार्यले क्याम्पसलाइ एक गुणस्तरिय शैक्षिक संस्थाका रुपमा उभ्याउन क्याम्पसले गरेका संघर्ष र एक सामाजिक व्यक्तिका हैषियतले आँफू पनि सहभागि भएका क्षणहरु स्मरण गरे । उनले क्याम्पसलाइ हार्दीइक बधाइ ज्ञापन गर्दै  क्याम्पसको यस गुणस्तरलाइ ढलपलाउन नदिन  आगामी दिनमा हरदम सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उक्त समारोहमा क्याम्पसलाइ शुभकामना दिँदै भागवत भाष्कर पंडित कमलनयन गौतमले सामूदायिक क्याम्पसमा बिद्यार्थीको अभाव लाइ बिद्यार्थीको पहिलो रोजाइ बनाउन सबैमिलेर लागि पर्नुपर्ने बताउँदै , यसकार्यमा क्याम्पसलाइ सहयोग गर्न आँफूू सदैव तत्पर रहने बताए ।
कार्यक्रममा क्याम्पस संस्थापक सदस्य तथा सामाजिक व्यक्तित्व आनन्दराज मुल्मीले , बिद्यार्थी तथा नयाँ युगका युवापुस्ताको चाहना र बजार माग अनुरुपका शैक्षिक कार्यक्रम संचालन गरि गुणस्तरियता कायम राख्ने दिशामा अघि बढ्न क्याम्पसलाइ सुझाव दिए ।
त्यसैगरि क्याम्पस संचालन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले बिद्यार्थी, कर्मचारी, शिक्षक लगायत समुदाय र सरोकारवालाको प्रेरणा र हौसला प्रति आँफू सदैव श्रृणी रहने बताए । कार्यक्रममा क्याम्पस प्रमूख शिशुकला पराजुलीले क्याम्पसले प्राप्त गरेको हौसला लाइ जतन गर्दै संपूर्ण अभिभावकको क्याम्पस प्रतिको आशा भरोसा सदैव संबोधन गर्ने प्रतिवद्धता जनाए ।
कर्यक्रममा , क्याम्पस संचालन समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस गुणस्तर सुनिश्ति समिति संयोजक महेन्द्र रिमाल, त्रिभूवनविश्वबिद्यालय पिआरटि टिमका सदस्य तथा क्याम्पस संचालक समिति सदस्य तेजनारायण अधिकारी, स्थानीय सामाजिक व्यक्ति तथा क्याम्पसका पूर्व बिद्यार्थी प्रिति पाण्डे, अक्षयकोषदाता गोविन्द शेरचन, क्याम्पस प्राध्यपक संघका अध्यक्ष भिम प्रसाद न्यौपाने, क्याम्पस भूपू बिद्यार्थी मंचका अध्यक्ष सुर्य बहादुर थापा, क्याम्पसका बिद्यार्थीहरुको समूह नेचर क्लवका अध्यक्ष गणेश रामदाम लगायतले बोलेका थिए । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।