
कन्या क्याम्पस पोखराको आयोजना एवम् पोखरा मन्टेश्वरी ट्रेनिङ सेन्टरको प्राविधिक तथा सांग्रिला बैंकको आर्थिक सहयोगमा ३ महिने मन्टेश्वरी शैक्षिक तालिम शुरु भएको छ ।
कन्या क्याम्पस पोखरामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि लक्षित गरी शुरु भएको तालिम बुधबारदेखि सुरुवात भएको छ । कन्या क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिको रुपमा सांग्रिला बैंकका प्रदेश प्रमुख रेवन्तले वोल्दै क्याम्पसले पोखरा मन्टेश्वरी जस्तो बिस्वासिलो संस्थासंग सहकार्य गरि आफ्ना विद्यार्थीलाई पाठ्यक्रम सहित अतिरिक्त भोकेसनल तालिम दिई दक्ष जनशक्ति तयार गर्न लागेको बताए । यसै गरि तालिमका मुख्य प्रशिक्षक कल्पना थापाले आफ्ना विद्यार्थी प्रति क्याम्पस सिमित पढाईमा मात्र सिमित नरहि यस्ता तालिम मार्फत देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष लिई कार्य प्रारम्भ गरेको र पोखरा मन्टेश्वरी र आफुलाई सम्मिलित हुने मौका प्रदान गरेकोमा क्याम्पस प्रति आभार प्रकट गर्दै यी प्रशिक्षार्थिलाई दक्ष बनाई स्वरोजगारी सहित सबैजनालाई स्वउद्यमी बनाउने प्रतिवद्धता व्यक्त गरिन् । यो कार्यक्रमका परिकल्पनाकार तथा क्याम्पस प्रमुख शुरेस कुमार मानन्धरले स्वागत मन्तव्य राख्दै यो तालिम गर्नुको औचित्य माथी प्रकास पारेका थिए ।
व्यवस्थापन समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा मन्टेश्वरीका संस्थापक एवं वरिष्ट प्रशिक्षक थिर बहादुर थापा, प्राध्यापक दिनानाथ अधिकारी, अभिभावक शिवराज पराजुली लगाएतले शुभकामना व्यक्त गरेका थिए भने सहायक क्याम्पस प्रमुख चित्र श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।